Rule 77
सन्ततिवृत्ति र शैक्षिकवृत्ति
: (१) कुनै सशस्त्र प्रहरी कर्मचारी नियम ७५ बमोजिमको अवस्था परी आजीवन काम गर्न नसक्ने गरी अशक्त भएमा त्यस्तो अशक्त सशस्त्र प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई देहायको दरले मासिक सन्तति वृत्ति दिइनेछ :–
(क)   राजपत्राङ्कित सशस्त्र प्रहरी अधिकृत                   – दुई सय साठी रुपैयाँ
(ख)   राजपत्र अनङ्कित प्रथम र द्वितीय  सशस्त्र प्रहरी कर्मचारी       – एक सय चौबीस रुपैयाँ
(ग)   राजपत्र अनङ्कित तृतीय र चतुर्थ  सशस्त्र प्रहरी कर्मचारी      – एक सय सोह्र रुपैयाँ
(घ)   श्रेणी विहिन सशस्त्र प्रहरी कर्मचारी                – एक सय बाह्र रुपैयाँ
      (२) कुनै सशस्त्र प्रहरी कर्मचारीको नियम ७६ बमोजिमको अवस्था परी मृत्यु भएमा त्यस्तो मृतक सशस्त्र प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई मृतक सशस्त्र प्रहरी कर्मचारीको बहाल रहेको पदको सुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्ततिवृत्ति    दिइनेछ ।
पद                                                                                    सुरु तलबको प्रतिशत
(क) सशस्त्र प्रहरी महानिरीक्षक वा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक       – ६.५
(ख) सशस्त्र प्रहरी नायब महानिरीक्षक वा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक              – ८
(ग)   सशस्त्र प्रहरी उपरीक्षक वा सशस्त्र प्रहरी नायब उपरीक्षक                         – ९
(घ)   सशस्त्र प्रहरी निरीक्षक                                                                              – १०
(ङ)   सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक                                                            – १२
(च)   सशस्त्र प्रहरी नायब निरीक्षक वा सशस्त्र प्रहरी सहायक निरीक्षक                 – १३
(छ) सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, सशस्त्र प्रहरी हवल्दार, सशस्त्र प्रहरी सहायक
हवल्दार, सशस्त्र प्रहरी जवान वा सशस्त्र प्रहरी परिचर                                    – १४
(३) उपनियम (१) वा (२) बमोजिमको वृत्ति त्यस्तो सन्तति भए एक्काईस वर्षको उमेर पूरा गरेको वा विवाह वा सरकारी सेवा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।
(४) कुनै सशस्त्र प्रहरी कर्मचारीको नियम ७५ वा ७६ बमोजिमको अवस्था परी अशक्त भएमा वा मृत्यु भएमा त्यस्तो अशक्त वा मृतक सशस्त्र प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई एक्काईस वर्षको उमेर पूरा नभएसम्म उपनियम (१) वा (२) बमोजिमको सन्ततिवृत्तिको अतिरिक्त देहाय बमोजिमको दरले वार्षिक शैक्षिकवृत्ति समेत दिइनेछ :–
(क) राजपत्राङ्कित सशस्त्र प्रहरी अधिकृत            – दुई हजार चार सय रुपैयाँ
(ख) राजपत्र अनङ्कित र श्रेणी विहिन
सशस्त्र प्रहरी कर्मचारी                                 – एक हजार आठ सय रुपैयाँ